add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ७ गते, बुधबार २३:२५ मा प्रकाशित

बुधबार कुल ३२ जना कोरोना संक्रमित थपिए ! संक्रमित संख्या ४ सय ३४ पुगेको छ।

बुधबार देशभरमा ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिउँसोको नियमित प्रेस ब्रिफिङमा २५ संक्रमित थपिएको जानकारी दिएको थियो भने साँझ थप ७ जनामा संक्रमण देखिएपछि बुधबार देशभर कुल ३२ संक्रमित थपिएका हुन्।

साँझ थपिएका संक्रमितको प्रदेश १ स्थित प्रयोगशाला र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण पुष्टि भएको हो। उनीहरू झापाका ५ जना, धनकुटा र धरानका १–१ जना भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।

दिउँसो मन्त्रालयले जानकारी दिएका संक्रमितहरू कपिलवस्तुका १३, बाँकेका ६, धनकुटाका ५ र नवलपरासी पश्चिमका एक जना हुन्।

धनकुटाका ५ जनामा भने मंगलबार साँझ नै संक्रमण पुष्टि भएको थियो। त्यसैको औपचारिक जानकारी मन्त्रालयले बुधबार गराएको हो।

योसँगै नेपालमा संक्रमित संख्या ४ सय ३४ पुगेको छ। जसमा दुई जनाको मृत्यु भएको छ भने ४५ जना निको भएका छन्।