add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ७ गते, बुधबार १६:३७ मा प्रकाशित

थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन

योसँगै कुल संक्रमितको संख्या ४२७ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए।

संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष रहेको प्रवक्त देवकोटाले जानकारी दिए।

बाँकेको नरैनापुर ५ का १७, २०, २८, ३० र ४० वर्षका र २७ वर्षयी पुरुष खजुरा ५ का रहेका छन्।

कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन्। नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन्।