add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ७ गते, बुधबार १५:५८ मा प्रकाशित

अतिक्रमित भूभाग समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक

सरकारले बुधबार अतिक्रमित भूभाग समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो भारतले अतिक्रमण गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

मन्त्रालयका अनुसार नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक काम कारबाही समेत अगाडि बढाइसकिएको छ । भारतले सन् १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनी किटान गरेको भूमि हुँदै मानसरोबर जाने बाटाको ट्रयाक खोलेपछि त्यसको नेपालमा विरोध हुँदै आइरहेको छ । व्यापक जनदवावपछि सरकारले नयाँ नक्सा सार्वजिनक गरेको हो|

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भू–भागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभाग बाहेकको नेपालको क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।