काठमाडौंमा डाक्टरलाई नै कोरोना

काठमाडौं उपत्यकामा डाक्टरलाई नै कोरोना भाइरस संक्रकण भएको छ । मुलुकमा मंगलबार थपिएका २७ संक्रमित मध्ये ३ जना काठमाडौं उपत्यकाका छन् । यसमध्ये एक जना इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा कार्यरत डाक्टर रहेको पुष्टि भएको छ ।
ललितपुरका ती डाक्टर कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने जिम्मेवारीमा सक्रिय हुँदै आएको स्वास्थ्य स्रोतले जनाएको छ । स्रोतका अनुसार, ती डाक्टर कपिलवस्तुमा कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा सक्रिय थिए । त्यही क्रममा आफैं संक्रमित भएका हुन् ।
नेपालमा डाक्टर नै संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्समा भने कोरोना देखिएको थियो । source: janatasamachar
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



