आज थप २७ जनामा कोरोनाको संक्रमण , संक्रमण संख्या ४०२ पुग्यो
नेपालमा आज कोरोना भाइरसका २७ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापामा ९ जना, कपिलवस्तुमा ४ जना, काठमाडौंमा ३ जना, सर्लाहीमा २ जना, मोरङमा १ जना, सुनसरीमा १ जनामा संक्रमणको पुष्टि भएको छ।
त्यस्तै भक्तपुर, मकवानपुर, रामेछाप, ललितपुर, सिन्धुली, लमजुङ र नवलपरासीमा पनि एकएक जना नयाँ संक्रमित थपिएका छन्।
आज पुष्टि भएका संक्रमितमध्ये २४ पुरुष र ३ महिला छन्। यो संगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ ।
कुल संक्रमितमध्ये पुरुष ३४० र महिला ६२ जना छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा फैलिसकेको छ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



