add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ५ गते, सोमबार २२:३३ मा प्रकाशित

१८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३७५

नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् ।  हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । यसअघि सोमबार बिहान नौ र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए ।

अहिले पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ संख्या पुष्टि भएको हो ।

धनुषा निवासी २ जना पुरुष, खोटाङ निवासी एकजना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबिसकोट निवासी १ जना पुरुष, सुनसरी निवासी एकजना पुरुष र झापा निवासी एकजना पुरुषमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।