add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ५ गते, सोमबार १९:४९ मा प्रकाशित

लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्बाट पारित

सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो ।

भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाएको थियो । सुगौली सन्धि र अरु दस्तावेजले लिम्पियाधुरा नेपालमै पर्ने सरकारले जनाएको छ । Source: