add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ४ गते, आईतवार १६:४६ मा प्रकाशित

कोरोनाबाट नेपालमा दोस्रो मृत्यु : बाँके क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजिटिभ

बाँकेको एक क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टिनमा मृत्यु भएका बाँकेको नरैनापुरका युवाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।

बैशाख ३० गते भारतबाट आएका उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा राखिएको थियो।

उनको आइतबार बिहान साढे ६ बजे अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो | NepalKhabar