add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ४ गते, आईतवार ०९:४५ मा प्रकाशित

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन बढाउने तयारी

काठमाडौं – आइतवार मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने मन्त्रिपरिषद बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन बढाउने बारे छलफल हुने बताइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाई गरिएको छ । आजको बैठकमा लकडाउनको समय थप गर्ने र कडाई गर्ने बिषयमा छलफल गर्ने तयारी गरिएको जनाइएको छ ।