थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो
आइतबार बिहान थप १० जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ९१ पुगेको छ । आइतबार बिहान थपिएका सबै संक्रमित रौतहट जिल्लाका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार आइतबार थपिएका १८ देखि ४८ वर्षका सबै संक्रमित पुरुष हुन् ।
रौतहटको राजपुर नगरपालिका फरहदवा–९ निवासी १८ देखि ४८ वर्षीय सात जना पुरुष र रौतहटकै इशनाथ नगरपालिका- ३ र ५ निवासी २८ देखि ३३ वर्षका तीन जना पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ भने संक्रमित चिकित्सकको निगरानीमा छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



