सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि! थप २ जनामा कोरोना संक्रमण,
नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको आज मृत्यु भएकोमा कोभिड १९ को परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पहिलोपटक देशमा कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको छ । देशमा २७९ जना संक्रमित पत्ता लाग्दा पहिलोपटक कोभिड १९ बाट मृत्यु भएको हो । मृतक महिला धुलिखेल अस्पतालमा आकस्मिक उपचारका लागि लगिएकामा मृत घोषित गरिएकी थिइन् । उनको बाटोमै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
मृतक महिला ११ दिनकी सुत्केरी हुन् । उनले २४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा शिशुलाई नर्मल रुपमा जन्म दिई भोलिपल्ट डिस्चार्ज भएको डा. देवकोटाले जानकारी दिए । त्यसपछि सिन्धुपाल्चोकस्थित घर लगिएकी उनलाई केही दिन देखि ज्वरो आएको थियो । स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दै आएकी उनको स्वास प्रश्वासमा समेत समस्या देखिएपछि आकस्मिक रुपमा अस्पताल लगिएकी थिइन् ।
यसैगरी, महिलाको घर र माइती दुवै क्षेत्रमा सुरक्षाकर्मीले शिल्ड गरेको छ । त्यहाँ ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको बुझिएको छ ।
थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।यो सहित नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ।

-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



