add post
  • Terai Nepal
  • २०७६ चैत्र १९ गते, बुधबार ११:०१ मा प्रकाशित

सप्तरीका अति बिपन्न तथा दलित परिवारलाई राहत वितरण

सप्तरी ,चैत्र १९ गते : सप्तरीको बलान विहुल गाउँपालिमा ३ का अति बिपन्न तथा दलित समुदायका परिवारहरुलाई विभिन्न राहत समाग्रीहरु बुधबार बितरण गरेका छ्न ।

दलित सामुदायिकका परिवारहरुलाई लक्षित गरि वडा नं ३ काे समाजवादी पार्टीकाे युवा नेता शंकर गुप्ता र प्रेस मंच नेपाल केन्द्रीय सदस्य एवम् समाजसेवी गाेपाल राैनियारको संयुक्त रूपमा राहत वितरण गरेका हुन ।

सप्तरीको बलान बिहुल गाउँपालिका ३ दुधैलाका दैनिकी रूपमा ज्यालादारीमा काम गर्ने श्रमिक तथा अति बिपन ,दलित परिवारहरुमा खाधान्य बस्तु,चाउचाउ ,साबुन वितरण गरेका छ्न । यसैगरी दूधैला बस्तीका सबै परिवारहरुमा एक एक वटा साबुन वितरण गरेको युवा नेताले गुप्ताले बताए ।