add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ३ गते, शनिबार १८:५६ मा प्रकाशित

धुलिखेलमा निधन भएकी महिलाको गाउँमा सिल, सुरक्षाकर्मी परिचालन

सिन्धुपाल्चोक- धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ बाह्रबिसे-९ मा सिल गरिएको छ। ती महिलामा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमण रोक्न गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

समितिकाे केही बेरअघि सम्पन्न बैठकले ती महिलाको माइती गाउँ बलेफी गाउँपालिका ८ र ९ पनि सिल गर्ने निर्णय गरेको छ। सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिने निर्णय समितिले गरेको छ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई जिम्मा दिइएको छ। समिति बैठकले ती महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि क्वारेन्टिनमा राखी स्वाब संकलन गरिनेछ।