add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ३ गते, शनिबार ११:३८ मा प्रकाशित

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७६

शनिबार आज नेपालमा ९ जनाकोरोना संक्रमित थपिएका छन् । थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

यी तीनै जना कपिलवस्तु शिवराज चन्द्रौटाका बासिन्दा हुन्। संक्रमितहरू २५ ३४ र ४४ वर्षीय उमेर समूहका पुरूषहरू हुन्।उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि शनिबारै ६ जना संक्रमित थपिएका थिए।

बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीया युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोनाभाइरस पुष्टि भएको थियो।

हालसम्म ३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।