थप ९ जनामा देखियो कोरोना, संक्रमित संख्या २६७,
नेपालमा थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार काठमाडौं, धरान र नेपालगञ्जमा गरिएको परीक्षणबाट थप ९ जनामा संक्रमण भेटिएको हो । संक्रमण देखिनेमा विरगञ्जका ९ र १० वर्षीय बालक छन् भने २३ र ४७ वर्षीया महिा रहेका छन् ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका बस्ने २५ वर्षीय पुरुष, दाङको गढवा- ४ र ५ र तुलसीपुर-७ का २३, ३६, ३४ वर्षीय पुरुष रहेका छन् । त्यस्तै काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि कोरोना स्क्रमण देखिएको छ ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरुको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



