add post
  • Terai Nepal
  • २०७७ जेष्ठ १ गते, बिहीबार १८:०१ मा प्रकाशित

जिल्लाभित्र चलाउन मिल्‍ने सवारी पास पनि खारेज

काठमाडौं । जिल्लाभित्र चलाउन मिल्‍ने सवारी पाससमेत खारेज गरिएको छ । गृहमन्त्रालयमा बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै जिल्ला भित्रका सवारीका लागि जारी गरिएका सम्पूर्ण पासहरु जेठ ३ बाट लागु हुने गरी खारेज गर्ने निर्णय गरिएको गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार अत्यावश्यक कामका लागि कसैलाई घरबाहिर निस्किनै परेमा स्थानीय प्रहरीको समन्वयमा मात्र निस्किने पाइने भएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जारी गरिएका सवारी पास रद्द गरेको थियो । कोरोना संक्रमण बढेसँगै लकडाउनलाई थप कडा गर्ने सरकारको नीति छ ।