नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
एसपी गंगा पन्तले एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिएको जानकारी दिइन् । तीमध्ये एक जनालाई हिँडिरहेको अवस्थामा र अर्कालाई मावली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताइन् ।
दुवै जनालाई नियन्त्रणमा लिएर बुधबार नै नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ । उनीहरु अस्पतालबाट भाग्नुको कारण भने खुलेको छैन ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



