कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको पुष्टि
कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ। आज बिहान ७ जनामा संक्रमण पुष्टि भएसँगै यो आँकडा पूरा भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही, धनुषा, महोत्तरीका गरी थप ५ जना संक्रमित भेटिएका हुन्। यसअघि आजै बिहान दुई जना संक्रमित थपिएका थिए।
पछिल्लो जानकारी अनुसार सर्लाही धन्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया युवती, महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका क्रमश: १६ र ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो।
यसअघि आजै बिहान चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो।

तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



