बारामा लागूऔषध गाँजा सहित २ जना पक्राउ
अवैध लागू औषध गाँजा ओसारपसार गर्ने अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नं.१२ रामथली निवासी वर्ष २६ को सागर लामा र सोही स्थान बस्ने वर्ष ४० को कृष्ण लामा रहेका छ्न । उनीहरुलाई विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उप-महानगरपालिका वडा नं.१६ स्थित पुर्वपश्चिम राजमार्ग सडक खण्डबाट पक्राउ गरेका हुन ।
चेकजाँच गर्ने क्रममा जिल्ला बारा निजगढ नगरपालिका वडा नं.१२ रामाथलीबाट पश्चिम पिलुवा तर्फ जादै गरेको बा ३३ प ७८७७ नम्बरको पल्सर मोटरसाईकल रोकि चेकजाँच गर्दा मोटरसाईकल चालक सागर लामा र सोही मोटरसाईकलको पछाडी सवार कृष्ण लामाले अवैध लागू औषध गाँजा १३ किलो ५०० ग्राम दुई जनाको बिचमा राखेको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरी लागूऔषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । Source: OnlineSaptari
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४