एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १७
नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्रै ८३ संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका छन् । यसअघि मंगलबार बिहान ५७ जना कोरोना संक्रमित फेला परेका थिए ।
काठमाडौंकी ३३ वर्षीया महिला, भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीमा १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
पर्सामा २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९ , ५५, ६१, ६१ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



