add post
  • Terai Nepal
  • २०७७ बैशाख ३० गते, मंगलवार १९:२५ मा प्रकाशित

कोरोना संक्रमण फैलिएसँगै बारामा कर्फ्यू

जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै बारामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञामा जिल्लाभर सञ्चालन हुने सवारी साधन सञ्चालनमा पूर्णरुपमा बन्देज लगाइएको छ । मंगलबार बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी बोक्ने सवारी मात्रै चल्नेछन् ।

अन्यका हकमा हस्तलिखित तथा ई–पास समेत बुधबारदेखि खारेज गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द हुनेछ । अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर ननिस्कन रोक लगाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।