add post
  • Terai Nepal
  • २०७७ बैशाख २९ गते, सोमबार १५:०४ मा प्रकाशित

कोरोना संक्रमण युवक चितवनबाट पैदल हिँडेर सप्तरी पुगेका थिए

कोरोना भाइरस  संक्रमण देखिएका सप्तरीका युवक लकडाउनको बेला चितवनबाट पैदल हिँडेर आएको पाइएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप साहले बताए ।

उनकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको २५ वैशाखमा स्वाब संकलन गरिएको थियो ।