माननीय रेशम चौधरी लगायत मजदुर तथा बिद्यार्थीहरुलाई राहत वितरण
काठमाडौमा बिभिन्न थारु संघसंस्थाहरुको सहकार्यमा वैशाख २७ गते शनिबार डिल्ली बजार स्थित सदरखोर कारागारमा झुठो मुद्दाको आरोप खेपिरहनु भएका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा माननीय रेशम चौधरी ज्यु लगायत, प्राप्त विवरण अनुसार बाकी रहेका अति पिडित मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ।
राहतमा २१ वटा ग्रुपका ११५ जना भन्दामाथि मजदुर र विद्यार्थीहरुलाई दाल, चामल, नुन र खाने तेल उपलब्ध गराइ सहयोग गरिएकोछ। हालसम्म यो समूहले ५२७ भन्दा बढी पीडित मजदुर विद्यार्थीहरुको ढोकामै गइ सहयोग गरिसकेको खबर प्राप्त भएकोछ।
सहयोगी सस्थाहरु:
१. बर्दियाली थारु विकास मञ्च, काठमाणडाै
२. चम्पन सास्कृतिक समुह, काठमाण्डाै
३. थारु राष्ट्रिय कलाकार मंच, काठमाडौ
४. निसराउ समूह, काठमाडौ
५. थारु युवा परिवार, काठमाडौ
६. सर्वहित समाज नेपाल, काठमाडौ
७. अल्पाइन एकेडेमी राजापुर ५ बर्दिया
८. परिवार गल्स होस्टेल सुबिधानगर काठमाडौ
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
३ हप्ता अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि