रेशम चौधरीको मुद्धा राजनीतिक हो, त्यसलाई फिर्ता लिनुपर्छ ! बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री एवंम जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई सांसद रेशम चौधरीको मुद्धा राजनीतिक मुद्धा भएको भन्दै तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ ।
शुक्रबारबाट सुरु भएको संसदको बजेट अधिवेशनमा बोल्दै भट्टराईले थारु समुदायको आन्दोलनको क्रममा भएको घटनालाई व्यक्तिगत रुपमा चित्रण गरिएको भन्दै त्यसलाई राजनीतिक रुपमा हल गर्नुपर्ने बताए । उनले भने–‘झापा आन्दोलनमा हाम्रै प्रधानमन्त्री जेल जानु भो, अन्य थुप्रै आन्दोलनमा अन्य साथीहरु जेल जानु भयो, त्यो राजनीतिक मुद्धा भएकोले सबैको मुद्धा फिर्ता भयो, रेशम चौधरीको मुद्धा पनि त्यही हो ।’
उनले नेत्रविक्रम चन्द विप्लव समूहलाई समेत मुलधारमा ल्याउनका लागि सरकारले पहल गर्नुपर्ने बताए । उनले चितवनमा पक्राउ परेका विप्लवका नेता अनिल शर्मा बिरहीको गिरफ्तारी प्रति आपत्ति जनाउँदै गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।
यस्तै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन् । उनले नयाँ पुस्तालाई नेतृत्व सुम्पदै प्रधानमन्त्रीलाई आराम गर्न सुझाव दिएका छन् । Source: NarayaniOnline
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४