add post
  • Terai Nepal
  • २०७७ बैशाख २५ गते, बिहीबार १५:४१ मा प्रकाशित

हावाहुरीले आपको हाँगा भाँचिएर लाग्दा बाँकेमा एक बालिकाको मृत्यु

बिहीबार बिहान आएको हावाहुरीमा आपको हाँगा भाँचिएर लाग्दा एक बालिकाको मृत्यु भएको छ।

बाँकेको गनापुरस्थित बुडियागाउँमा दश वर्षीया बालिका नजिमन खाँको हाँगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

आँपको हाँगाले लागेर घाइते उनलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो। उपचारको क्रममा बिहान करिब आठ बजे बालिकाको मृत्यु भएको हो,

बाँकेमा बिहीबार बिहान ठूलो हावाहारी आएको थियो। हावाहुरीले फलफूल तथा तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ।

खजुराको गौघाटस्थित नेचर गार्डेन एण्ड एग्रो फर्ममा हावाहारीले ठूलो पुर्‍याएको प्रवन्धक पृथ्वीराज बर्माले जानकारी दिए। अधिकारीहरुले जिल्लाभरीमा हावाहारीले पुर्‍याएको क्षतिको विवरण लिने काम गरिरहेको जनाएका छन्। Source:https://deshsanchar.com/