सप्तरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार कृष्णासावरण गाउँपालिका-३ का ३५ वर्षीय बिक्रम सरदार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।
अग्निसाइर कृष्णासावरण गाउँपालिका-२ सितापुरस्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान ना३ख ६१२६ नम्बरको ट्रकमा स८प ५६२९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार बिक्रम र ३६ वर्षीय तरुण सरदार घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बिक्रमको मृत्यु भएको हो । घाइते तरुणको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको जनाएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४