add post
  • Terai Nepal
  • २०७७ बैशाख २४ गते, बुधबार १२:३२ मा प्रकाशित

उपचारका क्रममा मृत्यु भएकाले कोरोना आशंकामा स्वाब परीक्षण

चितवन। पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ ।

दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि अस्पताल पुगेकी रुपन्देही जिल्ला घर भई खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो ।

अस्पतलामा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशंकामा स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । यसअघि पनि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो ।

उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।