लकडाउन लम्ब्याउने तयारी, निर्णय भोलि मन्त्रिपरिषद्ले गर्ने
कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले २५ वैशाखपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ । तर अहिले नै क्षेत्रगत लकडाउनमा जाने बेला भयो र ? भन्ने प्रश्न छलफलमा उठेको एक मन्त्रीले जानकारी दिए ।
बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार कोरोना संक्रमण रोकथामका लागि अहिले लिएको बाटो ठीक भएको निष्कर्ष निकालेको छ ।
२५ गतेपछि लकडाउन के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले सरकारले जे नीति अख्तियार गरेको छ, यो सही छ । यो निरन्तर रहन्छ ।’
भोलि ११ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । यही बैठकले २५ वैाशाखपछि लकडाउने के गर्ने भन्ने निर्णय गर्नेछ |
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



