सप्तरी सीमामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षकको मृत्यु
सीमामा खटिएका एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ। भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका-९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो।
उनी ड्यूटीमा खटिएकै बखत उनको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले जानकारी दिए। उनका अनुसार कार्की ड्यूटि गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको हो। ‘अन्य कारण अहिले खुल्न सकेको छै’ उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ।’
मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ। Source: annapurnapost
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



