add post
  • Terai Nepal
  • २०७७ बैशाख २२ गते, सोमबार १४:४५ मा प्रकाशित

सर्लाहीमा हावाहुरीमा परी एकको मृत्यु

सर्लाहीको कबिलासी नगरपालिका ३ बीरनगरामा सोमबार(आज) दिउँसो आएको हावाहुरीमा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनेलाल यादवको १८ वर्षीय छोरा राजेश कुमार यादव रहेको कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायले जानकारी दिएका छन् ।

जोडले हावाहुरी आएपछि जस्ताले छाएको घरमा लुकेर बसेका यादवको किचिएर मृत्यु भएको हो । जस्तापाताको घर हावाहुरीले उडाउँदा जस्ता लागेर यादवको मृत्यु भएको मेयर रायले जानकारी दिएका छन् ।

प्रहरी अहिले घटना स्थलमा पुगेको र घटनाबारे अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरलेले जानकारी दिएका छन् । Source:annapurnapost