add post
  • Terai Nepal
  • २०७७ बैशाख २१ गते, आईतवार १६:४८ मा प्रकाशित

थप ९ जना कोरोना संक्रमण, संक्रमितको संख्या ६९

नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा परीक्षण गर्दा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालगन्जमा भेटिएकाहरु  ५ महिला र ४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।