add post
  • Terai Nepal
  • २०७७ बैशाख २१ गते, आईतवार १२:५९ मा प्रकाशित

उपचारपछि कोरोनामुक्त भई डिस्जार्च भएका दुई जना पुनः नारायणी अस्पतालमा भर्ना भएका छन्। 

उपचारपछि कोरोनामुक्त भई डिस्जार्च भएका दुई जना पुनः नारायणी अस्पतालमा भर्ना भएका छन्।

उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा मदन उपाध्यायले बताए। उनका अनुसार एक जना गएराति र एक जना आज अस्पताल भर्ना भएका हुन्। उनीहरु रौतहट र वीरगञ्जका छन्।

उनले भने, ‘ रौतहटका युवा हिजो र वीरगञ्जका एक जना आज अस्पताल भर्ना भएका छन्। दुवै जनालाई गत आईतबार हामीले निको भएपछि डिस्जार्ज गरेका थियौ। दुवै जनालाई आइसोलेसनमा राखेर उपचार थालिएको छ।’

एक साताअघि उपचारपछि उनीहरुलाई अस्पतालले डिस्जार्च गरेको थियो। अहिले शरीर दुख्ने, आलस्य हुने जस्ता समस्या देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको उनले बताए। दुवै जनाको स्वाब संकलन गरी पुनः कोरोना परीक्षण गरिने उनले जानकारी दिए।

‘उनीहरुमा शरीर दुख्ने अनि आलस्य हुने जस्ता स्वास्थ्य समस्या देखिएको छ। हामी दुवै जनाको कोरोना र अन्य परीक्षण गर्,’ उनले भने।