अस्ट्रेलियामा गरिन नायिका मरिस्का पोखरेलले बिहे
चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेकी नायिका मरिस्का पोखरेलले विवाह गरेकी छिन् ।अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग उनले विवाह गरेकी हुन्। गत साता अस्ट्रेलियामा नै उनीहरूबीच औँठी साटासाट भएको हो।
मरिस्काको प्रेमी विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका थिए। मरिस्का भने विगत २ वर्षदेखि उनको प्रेममा थिइन् । मरिस्का पनि केही समयदेखि नेपाल बाहिर थिइन् ।
नायिका मरिस्का पोखरेलले चलचित्र क्षेत्रमा यात्रा भने तेती सुखद रहेन ।आशलाग्दो नायिकाको रुपमा उदाएकी उनले त्यसपछि सफलता पाइनन् ।उनी अभिनित चलचित्र लगातार असफल भइरहे । बरु मरिस्काको चर्चा लोक गीत ‘सालको पात’बाट चुलिएको थियो । त्यसै गीतबाट उनलाई धेरैले चिनेका थिए ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४