add post
  • Terai Nepal
  • २०७७ बैशाख २१ गते, आईतवार ०८:२६ मा प्रकाशित

देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना

देशका बिभिन्न स्थानको मौसममा बदली हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको धेरैजसो स्थानको मौसममा बदली भई मेघगर्जन, हावाहुरी, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज पश्चिमी र पूर्वी  तराई भुभागका स्थानमा बदली भई पानी पर्ने समभावना रहेको जनाइएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।