प्रत्येक परिवारका १ जनामा कोरोना परिक्षण गर्न सरकारलाई निर्देशन
काठमाडाैं। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले हरेक परिवारका कम्तिमा एकजनामा कोरोना सङ्क्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो ।
कोभिड–१९ को परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तिमा एकजनाको नमूना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्न समितिको निर्देशन छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल उपस्थितमा भएको बैठकमा समितिले सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसारको स्वास्थ्य सामग्री पुर्याउन, राहत वितरणलाई व्यवस्थित गर्न र स्वास्थ्यसम्बन्धी एकीकृत कानुन बनाउन निर्देशनसमेत दिएको छ ।
सीमा क्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापन गर्न, दैनिक ज्यालादारी मजदुरलाई राहत वितरणको मापदण्ड बनाउन, कोरोना रोकथाम तथा उपचारमा निजी अस्पतालको उपयोग गर्न र विदेशबाट फर्किनेलाई रोजगारीको व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



