add post
  • Terai Nepal
  • २०७७ बैशाख १९ गते, शुक्रबार ११:२८ मा प्रकाशित

सप्तरीमा हात्तीको आक्रमणबाट एक जना घाइते

सप्तरीमा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्केका हात्तीको एक समुहले बुधबार जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ६ मोहनपुर बस्ने भुवन आचार्यको घरमा तोडफोड गर्न थालेपछि भाग दौडमा उनी घाइते भएका हुन् ।

केही दिन जिल्लाको उत्तरी तथा पूर्वी क्षेत्र शान्त रहेता पनि पुन हात्तीले बितण्डता मच्चाउन थालेको स्थानीय बासी उत्म आचार्यले बताए ।

अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा लगातार पाँच दिनदेखि हात्ती प्रत्येक दिन रातिको समयमा गाउँमा पसी बालीनाली खानुकासाथै घर भत्काई घरभित्र रहेका खद्यान समेत खाने गरेको छ ।

घाइते आचार्यको धरानास्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी घर फकिएको छ । उनको शरिरको विभिन्न भागमा चोट लागेको छ । सोही क्रममा उनको छातिमा गहिरो चोट लागेको उनको उपचारमा संलगन चिकिस्तकले बताए ।