add post
  • Terai Nepal
  • २०७७ बैशाख १९ गते, शुक्रबार ०९:४० मा प्रकाशित

 रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

रेडियो नेपालकी प्रथम गायिका  रानुदेवी अधिकारीको निधन भएको छ । काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८६ वर्षको उमेरमा गएराति उनको निधन भएको हो । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम  २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन।