रोल्पा बम विस्फोटमा चार बालबालिकाको ज्यान गयो
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँमा भएको बम विस्फोटन घटना परी ज्यान गुमाउने चार बालबालिकाको परिचय खुलेको छ।
त्रिवेणी गाउँपालिका-२ का वडा अध्यक्ष कविराज बुढाका अनुसार बिहीबार साँझ साढे ६ बजेतिर बम विस्फोट हुँदा गाउँपालिका-७ की ११ वर्षीया विमला केसी र उनका ५ वर्षीय भाइ विजय केसीको ज्यान गएको हो। त्यस्तै, विस्फोटनमा परी सोही वडाका १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपालीको ज्यान गएको बुढाले जनाए।
घटना स्थलमा गाउँपालिका अध्यक्ष शान्तकुमार ओली, उपाध्यक्ष सावित्रा बुढामगरसहित स्थानीय जनप्रतिनिधि, प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार घटना स्थलमा थप अर्को बम छ। उक्त बम डिस्पोज गर्न नेपाली सेनाको टोली हिँडे पनि घटनास्थल पुगिसकेको छैन।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



