चीनद्वारा सगरमाथाको नयाँ उचाइ मापन सुरु
चीनले आफ्नो तर्फबाट सगरमाथाको नयाँ उचाइ नाप्न सुरु गरेको छ।
‘चीनले बिहीबारबाट विश्वकै सर्वोच्च शिखर माउन्ट चोमोलंगमा (सगरमाथाको चिनियाँ नाम) को नयाँ उचाइ नाप्ने काम सुरु गरेको छ,’ चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले समाचारमा लेखेको छ।
सगरमाथाकाे उत्तरी माेहडा चीनकाे तिब्बत तर्फ पर्दछ।
नेपाल सरकारले यसअघि नै सगरमाथाको नयाँ उचाइ नाप्ने काम प्रारम्भ गरिसकेको छ।
नेपालको भूमि सुधार मन्त्रालय र नापी विभागले सगरमाथाको नयाँ उचाइ तय गर्न एउटा टोली नै खटाएको छ र सो प्रक्रिया जारी छ।
सन् २०७२ को भुकम्पमा सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने अनुमान गर्दै बिभिन्न अन्तर्राष्ट्रिय निकायले पनि नयाँ उचाइ मापन गर्न चाहना व्यक्त गरेका थिए।
तर, नेपाल सरकारले आफै स्वतन्त्र रुपमा गर्ने भनी विज्ञ सहितको एक सरकारी टोली गठन गरेको हो। Source:NepalKhabar
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४