कटुवा पेस्तोलसहित बारामा १ जना पक्राउ
बारा– कटुवा पेस्तोलसहित बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाराको बारागढी गाउँपालिका-१ सिपुरा टोल बस्ने ४० वर्षीय मनोज राय नेटुवा कटुवा पेस्तोल १ थानसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनलाई बुधबार बेलुका कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४