सप्तरी सुरुङ्गा नगरपालिकामाआगलागीबाट ६ घर जल्यो, एक बालक घाइते
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट ६ जनाको घर जलेको छ । आगलागीमा परी एक जना बालक जलेर घाइते भएका छन् ।
सुरुङ्गा नगरपालिका ३ बस्ने हरी मण्डलको घरबाट आगलागी सुरु भएको हो । आगलागीमा परी बद्री मण्डलका ३ बर्षीय छोरा कृष्णा जलेर घाइते भएका छन् । घरमा खेलिरहेको अवस्थामा आगलागी हुँदा उनको टाउको, दुबै हात र एउटा खुट्टा जलेको छ । उनलाई तत्कालै उद्वार गरी उपचारका लागि लहान लगिएको प्रहरीको भनाइ छ ।
आगलागीले हरीको ३ क्वीन्टल चामल, १० तोलाको पाउजु, १० तालाको बाला र नगद रु १ लाख १० हजार जलेको छ । बद्रीको घरमा भने ५० हजारको क्षति भएको प्रहरीले बताएको छ ।
आगलागीले सोही ठाउँका सन्तोष सदाको चामल ६० किलो र नगद १० हजार, चिचाई सदाले कान्छी छोरीको बिवाहका लागि राखेको नगद ६० हजार र २ क्वीन्टल चामल, जोगेन्द्र सदाको छोराले विदेश बाट पठाएको नगद १ लाख र २ आना सुन, तिमा सदाको चामल ५० किलो, धान ४ मन र नगद रु. १० हजार जलेको प्रहरीले जनाएको छ ।
आगोलाई स्थानीय बासिन्दा, दमकल र प्रहरी मिलेर निभाइएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४