add post
  • Terai Nepal
  • २०७७ बैशाख १७ गते, बुधबार १३:०८ मा प्रकाशित

एकै दिन प्रदेश-२ का चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८

नेपालमा आज (बुधबार) एकै दिन चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश–२ मा एकै दिन चार जनामा कोरोना संक्रमण देखिएको हो छ । बाराका दुई र पर्साका दुई गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ का समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले जानकारी दिएका छन् ।

उनीहरु ३१, ४३, ४६ र ५० वर्ष उमेरका पुरुष रहेको सचिव घिमिरेले बताए । उनीहको स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो । बुधबार नै उनीहरुको रिपोर्ट आएको र चारै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको उनले घिमिरेले जानकारी दिए ।

चारै जना स्थानीय क्वारेन्टिनमा रहेको कोरोना पुष्टि हुने बितिकै उनीहरुलाई उपचारको लागि नारायण उपक्षेत्रीय अस्पताल वीरगञ्ज लैजाने तयारी भइरहेको सचिव घिमिरेले बताएका छन् ।

मंगलबार मात्र प्रदेश–२ को रौतहटमा दुई जनामा कोरोना संक्रमण भेटिएको थियो । योसँगै प्रदेश–२ मा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

जसमध्ये प्रदेश–२ का चार जना उपचारपछि घर पर्किसकेका छन् भने नेपालभर गरी १६ जना डिस्चार्ज भइसकेका छन् । सबैभन्दा बढी प्रदेश–१ मा ३१ जना कोरोना संक्रमित रहेका छन् । पछिल्लो समय प्रदेश–१ र २ मा कोरोना संक्रमणको बढी जोखिम देखिएको छ ।