add post
  • Terai Nepal
  • २०७७ बैशाख १६ गते, मंगलवार १८:१० मा प्रकाशित

थारु कल्याणकारिणी सभा ईकाइ समिति रामधुनी (थाकस)ले नगरका बिपन्नहरुकालागी खाद्य राहत सहयोग

सुनिल चौधरी
झुम्का, बैशाख १६ । राष्ट्रिय संकटको अवस्थामा आदिवासी जनजाति संघ संगठनले पनि बिपन्नहरुमा राहत सहयोग जुटाउदै छन् । विविध भाषा, भेष भएपनि नेपाली एक हौ र कोरोना बिरुद्ध मानव संकटको चुनौती एकता र सहयोगलेनै जित्न सकिने शन्देस दिदै रामधुनीका थारु कल्याणकारिणी सभा ईकाइ(थाकस)ले नगरका बिपन्नहरुकालागी खाद्य राहत सहयोग गरेका हुन् ।

कोरोनाले निमत्याएको यस संकटको घडीमा भोकै बस्नु पर्ने असाहय, बिपन्नहरुमा सहयोगकालागी सो रकम बराबर १२०० केजी चामल र १०० प्याकेट नुन राहत उपलब्ध गराएको छ । नगरपालिकाको परिसरमा मंगलवार राहत हस्तान्तरण गरेको हो । नगरप्रमुख जयप्रकाश चौधरी, नगरउपप्रमुख सबिना चौधरी, प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने, थाकस पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, समाज सेवि संकरलाल चौधरीको उपस्थितीमा हस्तान्तरण गरेको हो । थाकस जिल्ला कोषाध्यक्ष तारा चौधरीको संयोजत्वमा रामधुनी नगर अन्तर्गत रहेका थाकस ईकाइ भासि, बक्लौरी, सिंगिया र डुम्राहाबाट रकम संकलनगरी बिपन्नहरुमा छाक टार्न सहयोग गरेको हो । सहयोगकालागी ६१ जना दाताले सहयोग गरेका छन्् ।

थाकस भासि ईकाइबाट अध्यक्ष नरेश चौधरी, डुम्राहाबाट अध्यक्ष जितन चौधरी, सिंगियाबाट अध्यक्ष सतनी चौधरी र बक्लौरीबाट अध्यक्ष पुरणलाल चौधरीले रकम संकलनमा संयोजन गरेका छन् । एक महिना भन्दा बढी लकडाउन लम्बिदा दैनिक श्रमगरी जिविको टार्ने बिपन्नहरुमा भोकै बस्नु पर्ने अवस्थाले स्वइच्छाका साथ यथासक्य रुपमा दिएको सहयोग राहत उपलब्ध गराएको थाकस ईकाइ डुम्राहाका अध्यक्ष जितन चौधरीले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा सहयोग दाता ब्यापारी शुरेस चौधरी, सामाजिक कर्मि मन्जु चौधरी, जानजाति रामधुनी नगर अध्यक्ष राजकुमार चौधरी, सुनिता चौधरी लागयतका सहयोगकर्मिहरुको उपस्थिती रहेको थियो ।