add post
  • Terai Nepal
  • २०७७ बैशाख १६ गते, मंगलवार १८:०३ मा प्रकाशित

प्रदेश २ सरकार नीति तथा कार्यक्रमका लागि छलफल

जनकपुरधाम । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि प्रदेश २ सरकारले छलफल सुरु गरेको छ । छलफलमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिने र आगामी वर्षको आवका लागि सरोकारवालाहरुसँग परामर्श गरिएको छ ।

प्रदेश सरकारको लोकप्रिय कार्यक्रमको रुपमा रहेको ‘खेतखेतमा पानी र हातहातमा काम’ नारालाई अगाडि बढाउने गरी आगामी वर्षको नीति तथा कार्यक्रममा छलफल सुरु गरेको हो ।
मंगलबार सरोकारवालाहरुसँग भएको छलफलमा प्रदेश २ का भौतिक योजनामन्त्री जितेन्द्र सोनलले किसानहरुको सहजतालाई मध्यनगर गर्दै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताएका छन् ।

उनले भने, ‘किसानको खेतबारीमा पानी कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायसँग छलफल भएको छ । आगामी नीति तथा कार्यक्रमका विषयमा पनि छलफल भएको छ । चालु वर्षको योजनाहरुलाई पनि निरन्तरता दिने भइएको छ। र, थप योजनाहरुका पनि ल्याउने प्रयासमा छौं ।’

मन्त्री सोनलले किसानहरुलाई प्रदान गरिने ट्युबेललगायत कतिपय बहुवर्षीय योजनाहरुको विषयमा पनि छलफल भएको जानकारी गराए । भौतिक पूर्वाधार विकाससहित कृषि क्षेत्रमा पनि नयाँ योजनाहरु ल्याउने तयारी भइरहेको जनाइएको छ ।