सप्तरीमा बाटोमा छरिएको अवस्थामा पैसा भेटियो
जिल्लाको तिरहुत गाउँपालिकामा पैसाका नोट नोटहरु छरिएको अवस्थामा फेला परेको छ ।तिरहुत गाउँपालिका वडा नम्बर ८ गोइठीस्थित वस्तीमा मंगलबार बिहान केही नोट छरिएको अवस्थामा फेला परेको हो ।
उक्त ठाउँबाट २ सय ७५ रुपैयाँ छरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार ५, १०, २०, ५० र १०० रुपैयाँको नोट छरिएको पाइएको छ ।
सोमबार राति नै वस्तीमा नोट छरिएको देखेपछि स्थानीयले विहान प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी डिमनबाट खटिएको प्रहरी टोलीले उक्त नोट सुरक्षित साथ राखेको बताउँदै नायव उपरीक्षक मिश्रले ती नोटको जाँच गरिने बताए । Source: Online Khabar
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४