add post
  • Terai Nepal
  • २०७७ बैशाख १६ गते, मंगलवार १२:०७ मा प्रकाशित

राैतहटमा दुईजनामा कोरोना संक्रमण पुष्टि

१६ वैशाख ।  रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राैतहटको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय २ जना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए।

कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा राखेर  बैशाख ६ गते घर फर्काइएको थियो।

प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

अर्का संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन्। उनी  दिल्लीबाट नेपाल आएका थिए।