add post
  • Terai Nepal
  • २०७७ बैशाख १६ गते, मंगलवार ११:५३ मा प्रकाशित

उदयपुरबाट थप ९१ जनाको नमूना विराटनगर पठाइयो

उदयपुर। कोरोना संक्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट ९१ जनाको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

स्वास्थ्य कार्यलय उदयपुरका अनुसार १४-१५ वैशाखमा ती स्वाब संकलन गरिएको हो।

त्रियुगा नगरपालिका गाईघाट डीएम गेट टोल, मोतीगडा, फिल्डमा खटिएका केही स्वास्थ्यकर्मीसहित भुल्के क्षेत्रका नागरिकको नमूना परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए।

ती नमूनाको रिपोर्ट भोलिसम्म आउने बताइएको छ।

अब त्यस क्षेत्रमा अहिले संकलन गरिएका नमूनाको नतिजाको आधारमा थप स्वाब संकलन गरिने सुवेदीले जानकारी दिए।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीमा कोभिड-१९ का २८ जना बिरामी फेला परेका छन्। रासस