दाङमा पीसीआर प्रविधिबाट कोरोनाको सफल परीक्षण
दाङमा कोरोना भाइरसको सफल परीक्षण भएको छ । पहिलो पटक पीसीआर प्रविधिमार्फत् गरिएको कोरोना भाइरसको परीक्षण रिपोर्ट शतप्रतिशत सफल देखिएको छ । योसँगै अब कोरोना परीक्षणका लागि भैरहवा वा काठमाडौं स्वाब पठाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले पहिलो पटक सोमबार आफैंले परीक्षण गरेका स्वाबहरुको रिपोर्ट सार्वजनिक गर्दै त्यस्तो कुरा बताएका हुन् ।
प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पीसीआर मेसिनद्वारा गरिएको पहिलो परीक्षण सफल भएको बताइन् । पहिलो पटक गरिएका सबै ११ जनाको रिपोर्ट नेगेटिभ आएको पनि उनले जानकारी दिइन् । जिल्लामै गरिएको पहिलो परीक्षण रिपोर्ट आएपछि थप विश्वसनीयताका लागि पुनः परीक्षण गर्न स्वाब भैरहवा पठाइएको थियो ।
दुवै ठाउँको नतिजा एउटै आएपछि बल्ल प्रतिष्ठानको रिपोर्ट सार्वजनिक गरिएको छ ।
प्रतिष्ठानमा नयाँ मेसिन ल्याइएको हुँदा शतप्रतिशत विश्वसनीयताको पुनः परीक्षणका लागि भैरहवा पठाइएको भण्डारीले जानकारी दिइन् । प्रतिष्ठानको रिपोर्ट आइतबार नै आइसकेको भए पनि त्यो सार्वजनिक नगरी पुनः क्रसचेकका लागि भैरहवा पठाइएको भण्डारीले बताइन् । रिपोर्ट नेगेटिभ आएका ११ जना सबैलाई सोमबार नै डिस्चार्ज गरिएको छ ।
प्रतिष्ठानमा सोमबार ६ जना भर्ना भएका छन् । उनीहरुको स्वाब संकलन गरिएको छ ।
त्यस्तै तुलसीपुरको बेलझुण्डीस्थित कोराना विशेष अस्पतालले पनि थप ४ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाएको छ । उनीहरु सबैको रिपोर्ट आजै आउने सम्भावना उपकुलपति भण्डारीले व्यक्त गरिन् । यसअघि स्वाब परीक्षणका लागि दाङबाट काठमाडौं र भैरहवा पठाउनु पर्ने बाध्यता थियो । हालसम्म जिल्लामा सय जनाको स्वाबको परीक्षण भइसकेको छ । Source: baahrakhari
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४