पिसिआर र र्यापिड टेस्टबाट कुल ५३ हजार परिक्षण, थप पोजेटिभ छैन – स्वास्थ्य मन्त्रालय

नेपालमा अहिलेसम्म पिसिआर र र्यापिड टेस्टबाट कुल ५३ हजार ५३४ जनाको नमुना परिक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १० हजार ४७१ तथा र्यापिड टेस्टबाट ४३ हजार ६३ जनाको नमुना परिक्षण भएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले अहिले देशभर क्वारेन्टाइनमा २० हजार १९५ जना रहेको जानकारी दिएका छन् ।
त्यस्तै अहिले आइसोलेसन उपत्यकामा ८ जना र बाहिर ९८ गरि कुल १०६ जना रहेको उनले बताएका छन् ।
त्यस्तै अहिले देशभर पिसिआर प्रविधिबाट गरिने परिक्षण १६ स्थानबाट भइरहेको बताएका छन् ।
अहिले थप संक्रमित नभेटिएको बताउदै प्रवक्ता देवकोटाले अहिलेसम्म ५२ जना संक्रमित रहेकोमा १६ जना अस्पतालबाट डिस्चार्ज भएको बताए ।
अहिले कोशी अस्पताल, विराटनगरमा ३१ जना उपचाररत छन् भने नारायणी अस्पताल, वीरगन्जमा ३ जना, भरतपुर अस्पताल र धनगढीमा एक एक जना गरी कुल ३६ जना पचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।
उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



