दाङका दुई अस्पतालमा कोरोना विशेष सेवा
दाङमा दुईओटा अस्पतालले कोरोना विशेष अस्पतालका रुपमा सेवा सुरु गरेका छन् ।
प्रदेश नम्बर–५ सरकारले आयुर्वेद शिक्षण अस्पताल बेलझुण्डीमा सुरु गरेको कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितहरुको उपचार गर्ने व्यवस्था मिलाएका हुन् ।
जिल्लाका साना–ठूला सबै अस्पतालले ‘आइसोलेसन बेड’ छुट्याएको बताएपनि कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको आशंका गरिएका व्यक्तिहरुलाई भर्ना गरेर उपचार गर्ने गरेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले सातजना आइसोलेसनमा रहेका छन् भने कोरोना विशेष अस्पतालको आइसोलेसनमा दुईजना रहेका छन् ।
स्वाब निकालेर परीक्षणका लागि काठमाडौं पठाउँदै आएको प्रतिष्ठानले प्रदेश–५ सरकारसँगको सहकार्यमा आफैं स्वाब परीक्षण गर्ने तयारी गरिरहेको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४